१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


कैलालीमा २ लाख २८ हजार मत खस्याे


156
Shares

कैलाली । कैलालीमा ४३ प्रतिशत मत खसेको छ ।

१३ स्थानीय तह रहेको जिल्लामा हालसम्म २ लाख २८ हजार २२९ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरु जानकारी दिनुभयो ।

कैलालीमा ५ लाख २५ हजार १२५ हजार मतदाता रहेको छन् । कूल मतदातामध्ये २ बजेसम्मको अपडेट अनुसार ४३ प्रतिशत मतदाताले मतअधिकार प्रयोग गरिसकेका छन् ।

मतदानस्थल र मतदान केन्द्रमा मतदाताको उल्लेख्य सभागिता देखिएको मतदान अधिकृतहरूले बताएका छन् ।

कैलालीमा २३६ मतदानस्थल र ६१९ मतदान केन्द्र रहेका छन् । मतदान केन्द्रमा एक हजार २५० मतदान अधिकृत तथा सहायक अधिकृत, तीन हजार ५० कर्मचारी र एक हजार ८७५ स्वयंसेवक खटिएका छन् ।