Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


रामेछापमा तीन स्थानमा गोली चल्यो


6.2k
Shares

काठमाडाैं । रामेछापमा आज (शुक्रबार) बिहान तीन स्थानमा गोली चलेको छ।

सुनापति गाउँपालिका–२ दिमीपोखरी खाँडादेवी गाउँपालिका–१ राकाथुम, मन्थली नगरपालिका ९ र १२ मा गोली चलेको हो।खाँडादेवी गाउँपालिका–१ र मन्थली नगरपालिका ९ र १२ मा भने मतदान स्थगित भएकाे जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले ईमेजखबरलाई जानकारी दिनुभएकाे हाे।

त्यस्तै, सुनापति गाउँपालिका–२ मा भने मतदान सुरु भएकाे उहाँले बताएका छन् । मतदान गर्ने क्रममा झडप भएपछि भीडलाई नियन्त्रणमा लिन गोली चलाइएको उहाँले बताउनुभएकाे हाे।

सुनापति गाउँपालिको मानपुर कृष्ण मावि मतदान केन्द्रमा दुई पक्षीय झडप हुँदा एक राउण्ड गोली चलेको हो। त्यसैगरी खाँडादेवी गाउँपालिका स्थित वडा नम्बर १ राकाथममा मतदान केन्द्रमा दुई पक्षीय झडपलाई नियन्त्रणमा लिन ७ राउण्ड हवाइ फायर भएको छ ।

मन्थली नगरपालिकाका दुई वटा मतदान केन्द्रमा पनि गोली चलाइएको जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताउनुभएकाे छ ।