२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


दैनिक ४०० को नमुना परीक्षण गर्न मिल्ने ‘आरटीपीसीआर मेसिन’ धनगढी आइपुग्यो


0
Shares

कैलाली, चैत २६ । कैलालीको धनगढीमा स्थापना गरिएको प्रयोगशालामा थोरै संख्यामा मात्रै कोरोनाको परीक्षण हुन थालेपछि अत्याधुनिक क्षमताको ‘आरटीपीसीआर मेसिन’ ल्याइएको छ ।

पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा रहेको आरटीपीसीआर बुधबार नेपाली सेनाको स्काई ट्रकमार्फत् धनगढी ल्याइएको हो ।

सो मेसिनलाई धनगढीमा रहेको भेटनरीको प्रयोगशालामा स्थापना गरिने छ ।

नयाँ उपकरण जडान भएपछि दैनिक ४०० जनासम्मकोे परीक्षण गर्न सकिने बताइएको छ ।

सोही स्काई ट्रकमार्फत् मंगलबार संकलन गरिएको थ्रोट स्वाबको नमुना काठमाडौं पठाउने तयारी गरिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।

यसअघि, संघीय सरकारले धनगढीको सेती प्रादेशिक अस्पतालमा सञ्चालित कोरोना परीक्षण प्रयोगशालामा कम क्षमताको उपकरण पठाएपछि समस्या भएको हो ।