६ माघ २०८१, आइतबार | Sun Jan 19 2025


कास्कीमा मतदाता उत्साहका साथ मतदान गर्दै


403
Shares

पोखरा । कास्कीमा आज (शुक्रबार) बिहान ७ बजेदेखि नै मतदान सुरु भएको छ।

स्थानीय तहकाे निर्वाचनका मतदान गर्नका लागि मतदाताहरू उत्साहका साथ पालो कुरेर लाइनमा बसेका छन् । कास्कीमा १ सय ५० मतदानस्थलमा ३ सय ३६ मतदान केन्द्र तय गरिएको छ । पोखरा महानगरका अधिकांश मतदानस्थलमा भित्र प्रवेश गर्ने र बाहिर निस्कने द्वार छुट्टाछुट्टै बनाइएको छ। सुरक्षा व्यवस्था कडा पारिएको छ ।

मतदान स्थलमा फोटो खिच्न मनाही गरिएको छ । कतिपयले मतदानस्थलमै मतदाता शिक्षा दिइरहेको देखिन्छ । पोखरा महानगरसहित ५ स्थानीय तह छन् । माछापुच्छे रुपा, मादी र अन्नपूर्ण गाउँपालिका हुन् ।

कास्की जिल्लामा कुल मतदाता २ लाख ८१ हजार ८ सय ३३ छन् ।