२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


कैलाली र कञ्चनपुरमा क्वारेन्टाइनमा रहेकाहरुको र्‍यापिड टेस्ट सुरु


0
Shares

कैलाली/कञ्चनपुर । काठमाडौँबाट पुगेका तालिम प्राप्त प्राविधिक टोलीले कैलाली र कञ्चनपुरमा कोरोना भाइरसको र्‍यापिड टेष्टका लागि नमूना संकलन गरेको छ ।

टोलीले कैलालीको गोदावरी नगरपालिका, लम्कीचुहा नगरपालिका, भजनी नगरपालिका तथा कञ्चनपुरको भीमदत्त नगरपालिकाका क्वारेन्टाइनबाट नमूना संकलन गरिएको हो ।

कैलालीको गोदावरी र कञ्चनपुरमा खटाइएका प्राविधिक टोलीले ९६ जनाको थ्रोट स्वावको नमूना संकलन गरेको छ भने कैलालीको पूर्वी क्षेत्रमा खटिएको प्राविधिक टोलीले ९९ जनाको नमूना संकलन गरेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए ।

नमूना संकलन गरेपछि ६६ जनाको नमूना परीक्षणका लागि हिजो सेनाको हेलिकोप्टर मार्फत काठमाडौँ पठाएको उनले बताए । बाँकी नमूना आज पठाउने तयारी रहेको बताइएको छ ।

र्‍यापिड टेष्टको विश्वसनीयता परीक्षण गर्ने उद्देश्यले मंगलबारदेखि कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा क्वारेन्टाइनमा बसेका दुई सय जनाको रगत तथा थ्रोट स्वाब संकलन गरी किटको विश्वसियनता मापन गरिने छ ।

यस्तै अछामबाट ५१ जनाको कोरोना भाइरस परिक्षणका लागि स्वाब संकलन गरिएको छ ।