२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


कर्णाली प्रदेशमा कोरोना भाइरस परीक्षण गर्ने मेसिनले भार धान्न सकेन, स्वाब परीक्षणका लागि काठमाडौं पठाइयो


0
Shares

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस परीक्षण गर्ने मेसिनले भार धान्न नसकेपछि अन्यत्र पठाउन थालिएको छ ।

कर्णालीमा संघीय सरकारले पठाएको कोरोना भाइरसको स्वाब परीक्षण गर्ने मेसिनले भार धान्न नसक्दा स्वाब काठमाडौं पठाउन थालिएको हो ।

मंगलबार मात्र १५ वटा स्वाबको नमूना काठमाडौं पठाइएको प्रदेश अस्पतालस्थित कोरोना परीक्षण प्रयोगशालाले जनाएको छ ।

सुर्खेतमा रहेको मेसिनले दैनिक १२ वटासम्म स्वाब परीक्षण गर्ने गरेको छ । कर्णाली प्रदेशमा मेसिन आएपछि हालसम्म ६२ जनाको स्वाव परिक्षण गरिएको छ ।

अहिलेसम्म सवै परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । सुदुरपश्चिम प्रदेशमा भारतबाट भित्रिएका युवामा कोरोनाको संक्रमण देखिएपछि कर्णाली प्रदेशमा पछिल्लो समय स्वाब संकलन दोब्बर भएको छ ।

प्रदेश अस्पतालमा रहेको मेसिनले परीक्षणमा ढिलाइ भएपछि नतिजा छिटो आओस भनेर काठमाडौं पठाइएको प्रयोगशाला व्यवस्थापनका फोकल पर्सन ओम आचार्यले जानकारी दिए ।

सुर्खेतमा बिहीबारदेखि पीसीआर परीक्षण सुरु गरिएको हो ।