४ जेष्ठ २०८२, आइतबार | Mon May 19 2025


वडाध्यक्षका उम्मेदवारको घरमै पसेर परिवारका पाँच सदस्यमाथि खुकुरी प्रहार


8.71k
Shares

कैलाली । कैलालीको गोदावरी नगरपालिका ६ मा नेकपा एमालेको तर्फबाट वडाध्यक्षका उमेदवार जग्गु चौधरीको घरमै पसेर परिवारका पाँच सदस्यमाथि खुकुरी प्रहार गरिएको छ ।

खुकुरी प्रहारबाट वडाध्यक्ष जग्गु चौधरीकी छोरी २३ वर्षिया लक्ष्मी चौधरी, भाई विन्तीराम चौधरी, भाई बुहारी बसन्ती चौधरी, भतिजा रविन चौधरी र दिपक कठायत घाईते भएका छन ।

गय राति १५ जना जति काँग्रेस कार्यकर्ता घरमा पसेर खुकुरी प्रहरा गरेको वडाध्यक्षका उमेदवार जग्गु चौधरीले बताएका छन् ।

काँग्रेस कार्यकर्ता घरमा छिरेपछि उम्मेदवार चौधरी भने लुकेको जनाईएको छ । घाईतेहरुको स्थानीय पदमा अस्पतालमा उपचार भैरहेको छ ।

नेकपा एमालेका सचिब लेखराज भट्टले गठबन्धनका कार्यकर्ता सांघातिक आक्रमणमा उत्रिन थालेको बताउनुभएको छ ।