शेयर बजारमा १८ अंकले गिरावट « Imagekhabar – Online News Portal of Nepal


शेयर बजारमा १८ अंकले गिरावट


104
Shares

काठमाडौं । साताभर उकालो लागेको शेयर बजार बिहीबार अन्तिम दिन करेक्सन भयो ।

उतार चढावबीच बजार परिसूचक नेप्से १८ अंकले ओरालो लागेर २३ सय ५० कायम भएर थामियो ।

कारोबार भने यस दिन थप बढेर साढें २ अर्ब नजिक रह्यो । यस दिन उत्पादनमूलक र अन्य समूहबाहेक अरु समूह ओरालो लागे ।

जीवन बीमा समूहमा सबैभन्दा उच्च अढाई सय अंक बराबरको गिरावट आयो । अरु पनि अधिकांश समूह दोहोरो अंकले ओरालो लागे ।

उत्पादनमूलक समूहमा भने ८० अंकको बृद्धि भयो । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २८ कम्पनीको ५२ लाख २७ हजार कित्ता शेयर २ अर्ब ३३ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय ५१ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा ३४ कम्पनीको बढ्यो भने ९ को स्थिर रहेको पनि नेप्सेले जनाएको छ ।

घटेको बजारमा पनि जाल्पा सामूदायिक लघुवित्तको शेयर मूल्य भने १० प्रतिशतले बढ्यो ।