Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


किन विवाह नगरेको भन्ने प्रश्नमा कंगनाको यस्तो जवाफ


2.6k
Shares

एजेन्सी । कंगना रनावत बलिउडकी शक्तिशाली अभिनेत्रीको रुपमा चिनिन्छिन् ।

कंगनाले हरेक प्रश्नमा आफ्नो कडा जवाफका कारण अरुलाई अवाक बनाउने गरेकी छिन् । कंगना हरेक समय विभिन्न कुराका कारण चर्चामा आउने गरेकी छिन् । उनी आफ्नो प्रेम सम्बन्धका कारण पनि समय समयमा चर्चामा आउने गरेकी छिन् ।कंगनाको समाजिक सञ्जालमा निकै ठूलो फलोअर्स पनि रहेका छन् । तर, कंगना अहिलेसम्म पनि सिंगल नै छिन् उनको विवाह भएको छैन । किन बिवाह नभएको भन्ने प्रश्नमा कंगनाले एक अन्तर्वार्तामा यस्तो जवाफ दिएकी छिन् – ‘मानिसहरू मेरो बारेमा गलत धारण राख्छन्, मेरो बारेमा गलत कुरा फैलाउछन् कि म एकदमै धेरै झगडालु छु, म बिना कारण पनि झगडा गर्ने गर्छु ।’ कंगनाले ठट्यौली परामा भनेकि छिन् –‘यसरी फैलाइएको झुटा कुराहरुले मेरो बारेमा गलत सोच बनाइदिएको छ । जसका कारण मिल्दो जोडी नभेटिएको हो । ’

कंगनाको एक्सन थ्रिलर फिल्म धाकड छिटै नै सिनेमा घरहरुमा प्रर्दशन हुने भएको छ । यस फिल्ममा उनी एक्सन रोलमै देखिनेछिन् । अन्तर्वार्ताको समयमा भारतीय पत्रकारहरुले उनलाई फिल्मको भूमिका वास्तविक जीवनमा पनि निभाउन मन छ ? भनेर सोधेका थिए । यस्तो प्रश्नमा कंगनाले हास्दै जवाफ दिएकी छिन् । ‘यस्तो होइन । वास्तविक जिवनमा म कस्लाई पिट्न जाँउ ? मेरो विवाह हुन नसकेको नै तपाँईहरूले फैलाएको यस्तो हल्लाको कारण हो ।’

साथै पत्रकारले मानिसहरूले उनी निकै कडा छिन् भन्ने धारण बनाएका कारण पनि विवाह हुन नसकेको हो भनेर प्रश्न गर्दा उनी भन्छिन् ‘हो किनकी मेरो बारेमा यस्तो सम्म हल्ला फैलिएको छ कि म पुरुषहरूलाई पिट्छु ।’