
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड १९) सम्पूर्ण मानव जातिका लागि दुस्मन रहेको बताएका छन् ।
मंगलबार दिउँसो ज्योति ग्रुपले हस्तान्तरण गरेको अटोमेटिक ब्याकप्याक स्पे्रयर बुझ्दै मन्त्री ढकालले कोरोनाविरुद्ध सम्पूर्ण मानवजाति एकताबद्ध भएर लड्नुपर्ने बताए ।
मन्त्री ढकालले विपद्को बेलामा सरकारसँग हामीसँगै छौँ भनेर दिएको सहयोगका निम्त धन्यवाद दिँदै सबै मिलेर नै कोरोनालाई परास्त गर्न सकिने बताए ।
उनले यस्ता सहयोगले कोरोनाको विरुद्धमा फ्रन्टलाइनमा बसेर काम गर्ने सम्पूर्ण चिकित्साकर्मी लगायत सबैको मनोबल अझै बढाए ।
स्पे्रयर हस्तन्तरण गर्दै ज्योति ग्रुपका निर्देशक एवं स्याकार ट्रेडिङ्ग कम्पनि प्रालिका अध्यक्ष सौरभ ज्योतिले अहिले थप सहायोगका निम्त तयार रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्