
काठमाडौं, चैत २५ । निक साइमन इन्स्टिच्यूटले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० ओटा ‘पोर्टेबल’ भेन्टिलेटर र एक हजारथान ‘पीपीई’ हस्तान्तरण गरेको छ ।
सो संस्थाको तर्फबाट डा. अनिल श्रेष्ठले मंगलबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
तत्कालै धनगढी, बुटवल र बागलुङमा दुई र दुईओटाको दरले भेन्टिलेटर पठाइने र चारओटा भेन्टिलेटर आकस्मिक प्रयोजनका लागि तयारी अवस्थामा राखिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्