२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


कैलाली र कञ्चनपुरमा ‘र्‍यापिड टेस्ट’का लागि स्वाब संकलन तीव्र बनाइँदै


0
Shares

काठमाडौं, चैत २५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कैलाली र कञ्चनपुर जिल्लामा ‘र्‍यापिड डाइगोनेस्टिक टेस्ट’का लागि स्वाबको नमुना संकलनलाई तीव्र बनाइएको जनाएको छ ।

मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा मंगलबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कञ्चनपुरबाट एकै दिन २१ र कैलालीमा १८ जनाको परीक्षण गरिएको जानकारी दिए ।

यस्तै, जुम्लामा पनि स्वाब संकलन भइरहेको प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।

४५० भन्दा बढीको नमुना संकलन गर्ने मन्त्रालयको लक्ष्य रहेको भन्दै उनले हरेक पछिल्लो परीक्षणमा कुनैपनि संक्रमित फेला नपरेको बताए ।

हालसम्म एक हजार ८९० जनको स्वास्थ्य परीक्षण गरिएको र देशभर १०० जना ‘आइसोलेसन’मा रहेको जानकारी दिए ।

वीरेन्द्र सैनिक अस्पतालले सशस्त्र प्रहरी र नेपाल प्रहरी अस्पतालका कर्मचारीलाई ‘कोभिड–१९’ को उपचारसम्बन्धी तालिम दिएको पनि डा. देवकोटाले जानकारी दिए ।

निजी स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आवश्यकतानुसार परिचालन गरी तहगतरुपमा सुविधा प्रदान गर्ने विषयमा छलफल भइरहेको पनि उनले बताए ।

भिडियो हेर्नोस्