
काठमाडौ । सशस्त्र प्रहरीले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका क्रममा कञ्चनपुर र कैलालीको गड्डाचौकी र गौरीफन्टामा खटिएका डिएसपी सहित १ सय २० जनालाई क्वारेन्टाइनमा राखेको छ ।
भारतबाट आएका नेपालीहरुले ती नाकाहरुमा हुलदंगा गरेकै बेला पहिलो पंक्तिमा रहेर काम गरेका प्रहरीलाई सुरक्षाका लागि क्वारेन्टाइनमा राखेको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी प्रविणकुमार श्रेष्ठले जानकारी दिए ।
क्वारेन्टाइनमा राखिएकाहरुलाई स्वास्थ्यकर्मीहरुले नियमित चेकजाँच गरिरहेको उनले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठले भारतसँगको सीमानाकाहरुमा कडाइ गर्नका लागि २ हजार २ सय ८० जना थप सुरक्षाकर्मी खटाएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्