३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


दैलेखमा उम्मेदवारकाे गाडीमा आगजनी


182
Shares

काठमाडौं । दैलेखको आठबीस नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार तर्कबहादुर बडुवाल चढ्ने गाडीमा आगजनी भएको छ ।

बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडी आज (साेमबार) बिहान आगजनी भएको उम्मेदवार तर्क बडुवालले जानकारी दिनुभयो । बडुवालले कुनै एक अज्ञात समूहले गाडीमा आगजनी गरेको हुनसक्ने बताउनुभएकाे छ ।

गाडी आठबीस नगरपालिका–४ राकम कर्णालीको खोलीबजारस्थित श्रृष्टि होलमा पार्किङ गरेर राखिएको थियो भने चालक गाडीभित्रै सुतिरहेकाे प्रहरीले जनाएकाे छ । चालकले टायरमा आगो लागेको थाहा पाएपछि तत्काल गाडी चलाएर नजिकै रहेको खोलाको नहरमा समेत पुर्याउँदा धेरै क्षति नभएको प्रहरीले बताउकाे हाे ।

साेही घटनाका विषयमा इलाका प्रहरी कार्यालय राकम कर्णालीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएकाे छ ।