
काठमाडौं । नेपाल र जिम्बाबे ‘ए’ टिमबीचको तेस्रो तथा निर्णायक एक दिवसीय क्रिकेट म्याच आज (सोमबार) हुने भएकाे छ।
टियु मैदान कीर्तिपुरमा हुने यो खेल जित्दै ३ खेलको श्रृंखला २–१ ले आफ्नो पक्षमा पार्ने दुवै टोलीको योजना रहेकाे छ । शुक्रबार भएको पहिलो खेल जिम्बावेले तीन विकेटले जितेको थियो । शनिबार भएको दोस्रो एक दिवसीय खेल नेपालले ९ विकेटले आफ्नो पक्षमा पारेको थियो । साेमबारको विजेताले श्रृंखला जित्नेछ ।
एक दिवसीय श्रृंखला अघिको तीन खेलको ट्वेन्टी-ट्वेन्टी श्रृंखला पनि वर्षाले प्रभावित हुँदै १–१ को बराबरीमा सकिएको थियो।
प्रतिक्रिया दिनुहोस्