
काठमाडौं, चैत २४ । क्षेत्रपाटी निःशुल्क चिकित्सालयले कोरोनाभाइरसको संक्रमणबाट जोगिन केही स्वास्थ्य सामग्री ईमेज च्यानल प्रालिका सञ्चारकर्मीहरुलाई हस्तान्तरण गरेको छ ।
क्षेत्रपाटी चिकित्सालयका उपाध्यक्ष कुमार मानन्धरले च्यानलका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण हुमागाईंलाई मास्क, स्यानिटाइजर हस्तान्तरण गरे ।
उनले अहिलेको अवस्थामा समाचार संकलन कार्य जोखिमपूर्ण भएको भन्दै त्यसबाट बच्न सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरेको बताए ।
प्रमुख कार्यकारी अधिकृत हुमागाईंले संक्रमणसँग जोगिनका लागि सञ्चारकर्मीहरु चनाखो हुनुपर्ने बताए ।
सञ्चारकर्मीहरुको स्वास्थ्य परीक्षण पनि आवश्यक रहेको भन्दै त्यसका लागि पहल गरिने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्