२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


‘र्‍यापिड टेस्ट किट’ २०० जनामा परीक्षण गरिँदै


0
Shares

काठमाडौं, चैत २४ । सरकारले चीनबाट ल्याएको ‘र्‍यापिड टेस्ट किट’ सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा ‘क्वारेन्टाइन’मा बसेका २०० जनामा परीक्षणमा गर्ने भएको छ ।

सरकारले केही दिनअघि सात करोड रुपैयाँ खर्च गरेर ७५ हजारथान किट चीनबाट नेपाल ल्याएको थियो ।

र्‍यापिड टेस्ट किटको विश्वसनीयतामा प्रश्न उठेपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले किटको परीक्षण गर्न लागेको हो ।

सरकारले कैलाली, कञ्चनपुर, बागलुङ र चैत महिनामा नेपाल आएका सबैको स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले पहिलो चरणमा कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानमा क्वारेन्टाइनमा बसेका २०० जनाको ‘ब्लड स्याम्पल’ र स्वाब लिएर र्‍यापिड टेस्ट किट र ‘पीसिआर’ पद्दतिमा परीक्षण गरिने जानकारी दिइन् ।

त्यो किटको गुणस्तर मापन भइसकेपछि अन्य ठाउँमा परीक्षण गरिने डा. झाले बताइन् ।

किटले रगतको परीक्षण गर्छ भने पीसिआरले स्वाबको परीक्षण गर्छ ।

किट र पीसिआरको नतिजाअनुसार नै परीक्षण अघि बढ्ने डा. झाले बताइन् । जसका लागि टोली सुदूरपश्चिम प्रदेश गइसकेको छ ।

नजिताको लागि अझै तीन/चार दिन लाग्ने उनले बताइन् ।