जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष शेखको निधन « Imagekhabar – Online News Portal of Nepal


जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष शेखको निधन


234
Shares

काठमाडौं । धनुषाको जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष अब्दुल बारिक शेखको निधन भएको छ ।

लामो समयदेखि क्यान्सर पीडित शेखको शनिबार बेलुकी निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

फोक्सोमा क्यान्सर भएर चार वर्षदेखि उपचाररत ७० वर्षीय उनलाई दुई महिनादेखि पित्तथैलीमा पत्थरीसमेत भएको थियो ।

शेख नेपाली कांग्रेसबाट २०७४ सालको निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । आसन्न स्थानीय तह निर्वाचनमा लड्न अन्य जनप्रतिनिधिले राजीनामा दिए पनि उनी भने पदमा बहाल थिए ।