
संखुवासभा । संखुवासभामा बनाइएका क्वारेन्टाइन अहिलेसम्म रित्तै रहेका छन् ।
कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै बनाइएका क्वारेन्टाइनमा बस्न कोही नआएपछि रित्तै भएका हुन् ।
सदरमुकाम खाँदवारीलगायतका स्थानीय तहमा बनाइएका १ सय ६ शैयाको क्वारेन्टाइन र संक्रमितका लागि १६ वटा आइसोलेसन बेड बनाइएको छ ।
अहिलेसम्म एक जना पनि क्वारेन्टाइनमा बस्न नआएको स्वास्थ्य कार्यालय संखुवासभाका सूचना अधिकारी रोषण श्रेष्ठले जानकारी दिए ।
उनले देश विदेशबाट जिल्ला भित्रिएका संखुवासभाबासीमा क्वारेन्टाइनमा बस्न अनुरोध गरिएपनि उनीहरु घरमै सुरक्षित बसेका छन् ।
घर फर्केकाको शंका लागेका व्यक्तिहरुको भने नियमित चेक जाँच गर्ने गरिएको बताए । घर फर्केका करिव ५ हजारमा अहिलेसम्म कसैलाई पनि सक्रमण नभएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्