४ असार २०८२, बुधबार | Wed Jun 18 2025


रसुवामा मादक पदार्थ बिक्री वितरण गर्न नपाइने


78
Shares

रसुवा। जिल्ला प्रशासन कार्यालय रसुवाले निर्वाचन अवधिभर मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाएको छ ।

निर्वाचनलाई स्वच्छ, निश्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको हो । प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार यही वैशाख २७ गते राति १२ बजेदेखि मतगणनाको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थको बिक्री वितरण तथा सेवन गर्न नपाइने बताउनुभएकाे छ ।

मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न निर्वाचन सुरक्षा (व्यवस्था) निर्देशिका २०७८ को दफा ६ (थ) बमोजिम पूर्ण निषेध गरिएकोले उक्त कार्यलाई बेवास्तागरि बिक्री वितरण, सेवन गरे वा गराइएको पाइएमा प्रचलित ऐन कानून बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको ।