काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँग छलफल गर्नुहुने भएकाे छ।
अर्थमन्त्री वाग्लेले मंगलबार दिउँसो ३ बजेदेखि मन्त्रालयमा नेपाल राष्ट्र बैंकले ‘क’ श्रेणीमा राखेका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गर्नुहुने भएकाे हाे ।
बजेटमा घोषणा गरिएको आर्थिक सुधारका उपायको कार्यान्वयनमा प्रमुख वित्तीय संस्थाको भूमिका र बजारको वर्तमान अवस्थाकाे बारेमा जानकारी लिन उहाँले सीईओहरूलाई छलफलमा बोलाउनुभएकाे अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्