७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


११३ किलो गाँजासहित कन्टेनर चालक पक्राउ


0
Shares

मकवानपुर, साउन २७ । मनहरी गाउँपालिका–७ मनहरी चेकपोष्टमा प्रहरीले चेकजाँचका क्रममा ११३ किलो गाँजासहित कन्टेनर चालकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार चितवनबाट हेटौडातर्फ जाँदै गरेको ना४ ख २९३ नम्बरको कन्टेनरमा ११३ किलो लागूऔषध गाँजा बरामद भएको हो ।

कन्टेनर चालक चितवन राप्ती नगरपालिका–१ बस्ने ४१ वर्षीय विष्णुभक्त श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले आइतबार जनाएको छ ।