८३७ एम्पुल लागूऔषधसहित एक जना पक्राउ « Imagekhabar – Online News Portal of Nepal


८३७ एम्पुल लागूऔषधसहित एक जना पक्राउ


156
Shares

काठमाडौं । पर्सा प्रहरीले ८३७ एम्पुल लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार मोतिहारीका २२ वर्षिय असरफ अलि रहेका छन् ।

अलिलाई नियमित चेक जाँच क्रममा बीरगन्ज रजतजयन्ती चोकबाट पक्राउ गरेको हो ।

भारत रक्सौलबाट हातमा मोबिलको बट्टा बोकेर आएका उनलाई शंका लागेर जाँच गर्दा मोबिलको बट्टामा लुकाई ल्याएको अवस्थामा लागुऔषध बराम गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओमप्रकाश खनालले बताउनुभयो ।

पक्राउ परेका अलिलाई लागुऔषध कारोबार ऐन अन्तर्गत अनुसन्धान भैरहेको पर्सा प्रहरीले जनाएको छ ।