
विराटनगर, साउन २७ । विराटनगर महानगरपालिकामा बम विस्फोट भएको छ ।
अज्ञात समूहले राखेको बम दिउँसो २ बजे विस्फोट भएको थियो ।
महानगरको बैठक सकिएको केहीबेरमै मेयरको कार्यकक्षको बाहिरतर्फ रहेको दराजमा विस्फोट भएको थियो ।
अज्ञात समूहले प्रेसर कुकर बम दराजमा राखेको प्रहरीले जनाएको छ । मेयरको कार्यकक्ष छेउमा दराजभित्रै शक्तिशाली बम विस्फोट हुँदा झ्यालका सिसा फुटेका छन् ।
शक्तिशाली कम्पनपछि झ्यालका सिसा झरेर मेयरको गाडीमा समेत क्षति पुगेको छ ।
बम कसले राखेको हो भन्ने प्रष्ट हुन सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्