
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको निजामुद्दिन क्षेत्रमा भएको एउटा धार्मिक सभामा सहभागी भएर फर्किएका २५ जना नेपालीलाई पहिचान गरी क्वारेन्टाइनमा राखिएको छ ।
सभामा सहभागी केही व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको र केहीको मृत्यु भएको समाचारपछि त्यसमा नेपाली पनि सहभागी भएको सूचना भारतले दिएको थियो ।
सभामा प्रदेश २ का चार जिल्लाबाट २५ जना नेपाली सहभागी भएका थिए । उनीहरु सबैलाई सेनाद्वारा निगरानी गरिएको क्वारेन्टाइनमा राखिएको छ ।
उनीहरु सबै जनाको आज घाँटीको स्वाब परीक्षण हुने र त्यसको रिपोर्ट आएपछि मात्रै थप उपचार हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्