Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


रातो मच्छिन्द्रनाथकाे जात्रा आजबाट सुरू


156
Shares

काठमाडौं । ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथयात्रा आज (बुधबार) सुरू हुँदैछ ।

कोरोना महामारीका कारण दुई वर्ष रोकिएको रथयात्रा यसवर्ष भने सञ्चालन गर्न लागिएको हो । बुधबार बेलुका पुल्चोकबाट रथ तानेर गाःबहाल पुर्याइने गरिन्छ । गाःबहालका स्थानीयले पर्वकै रुपमा बुधबार भुज्याः मनाउँदछन् । वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मच्छिन्द्रनाथको रथ पुल्चोकमा राखिएको छ ।

पुल्चोकमा निर्माण गरिएको रथमा गत आइतबार रातो मच्छिन्द्रनाथलाई रथारोहण गरेसँगै प्रत्येक दिन दर्शनार्थीको भीड बढेको छ । पुल्चोकमा देवताको दर्शन गर्ने, बत्ती बाल्न आउने भक्तजनको घुइँचो लाग्ने गरेको छ । दर्शनार्थीको भीड बढेसँगै पुल्चोक हुँदै चल्ने सवारीसाधनलाई बुधबार पनि डाईभर्सन गरिएको छ।

जावलाखेल–पुल्चोक हुँदै चल्ने गाडीलाई झम्सिखेलबाट डाईभर्सन गरी कानदेवता थान निस्कने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ। नेपालकै लामो जात्रा मानिने मच्छिन्द्रनाथको जात्रा कोरोना महामारीका कारण अघिल्ला दुई वर्ष सांकेतिक रुपमा मात्र गरिएको थियो।

यस वर्ष विगतमा झैं रथलाई पाटनको विभिन्न ठाउँमा तानेर सञ्चालन गर्न लागिएकाे छ ।