८ असार २०८१, शनिबार | Sat Jun 22 2024


महिलासँग मेराे धेरै फोटाेहरू हुन सक्छन् : केशव स्थापित


3.692k
Shares

काठमाडौं । नेकपा (एमाले)का काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले आफूले कहिल्यै सङ्गत नै नगरेको महिलाले आफूलाई आरोपित गरेको गुनासो गर्नुभएको छ ।

आफू मेयर हुँदा सम्पदा विभागमा काम गर्न आएकी ती महिलासँग आफूले कहिल्यै सङ्गत नगरेको स्थापितले दाबी गर्नुभयो ।

मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित चुनावी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आफू महिलामैत्री भएकाले उनीहरूसँग आफ्नो धेरै फोटोहरू हुनसक्ने तर्क गर्नुभयो ।

तर, महिलाहरूमाथि आफूले कुनै पनि अनुचित सम्बन्ध नराखेको उहाँको जिकीर थियो । मेयरका उम्मेदवार स्थापितले आफू विगतमा मेयर हुँदा महानगरपालिकामा महिलालाई समेटेर खेलकुदको छुट्टै विभाग बनाउने प्रयास गरेको पनि बताउनुभयो ।

आफू मेयर हुँदा पुरुष कर्मचारीहरूले रेष्टुरेन्टमा भेटेर लेनदेनको आधारमा काम गरेको पाए पनि महिला कर्मचारीहरूले त्यसो नगरेकाले उनीहरूमाथि आफूले सधैं सम्मान भावले हेरेकाे दाेहाेर्‍याउनुभयाे ।

महिलाहरूको सधैं सम्मान गर्ने भए पनि आफ्नाे बारेमा अनेक कुरा उठेकाे उहाँकाे गुनासाे छ ।

स्थापितले आफू महिला हिंसा विरोधी भएकाले उनीहरूमाथि आरोप लगाउँदा पनि आफूले गालीमा जवाफ दिन नचाहेको बताउनुभयो । उहाँले आफूले जनतालाई गाली नभएर काम गरेर फल दिनुपर्ने तर्क गर्नुभयाे ।