१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


भारतद्वारा तबलिगी धर्मसभामा सहभागी झन्डै एक हजार विदेशी कालोसूचीमा


0
Shares

काठमाडौं, चैत २१ । भारतको गृह मन्त्रालयले निजामुद्दिनस्थित तबलिगी जमातको सभामा सामेल भएका ९६० विदेशीलाई कालोसूचीमा राखेको छ ।

पर्यटक भिसामा भारत प्रवेश गरेका उनीहरुको भिसासमेत रद्द गरिएको छ ।

पर्यटक भिसामा आएर लुकिछिपी अन्य गतिविधिमा संलग्न भएको आरोपमा उनीहरुविरुद्ध आवश्यक कानुनी कारबाही गरिने पनि भारतीय केन्द्रीय सरकारले जनाएको छ ।

सो जमातमा सामेल भएका ४०० जना कोरोना संक्रमित भएका छन् ।

भारतीय गृह मन्त्रालयकाअनुसार भारतमा ९ हजारजनालाई ‘क्वारेन्टाइन’मा राखिएको छ । जसमा १३ सय ६ जना विदेशी छन् । (एजेन्सी)