१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


चीनद्वारा कोरोना महामारीको चेतावनी दिने डा. लीसहित १३ जना सहिद घोषित


0
Shares

काठमाडौं, चैत २१ । चीनले कोरोनाभाइरसको उद्गमविन्दु चीनको हुबेई प्रान्तमा कोरोना महामारीको चेतावनी दिने डा. ली वेनलियाङसहित १३ जनालाई सहिद घोषणा गरेको छ ।

गत डिसेम्बरको अन्त्यतिर कोरोनाभाइरसले महामारीको रूप लिने चेतावनी दिएका डा. लीलाई प्रहरीले हिरासतमा लिएर केरकार गरेको थियो ।

बिरामीको उपचारमा खटिएका लीको गत फेब्रुअरीमा कोरोना संक्रमण भएर मृत्यु भएको थियो ।

लीको चेतावनी सही सावित भएपछि उनलाई सहिद घोषणा गरिएको हो ।

चीनले कोरोनाभाइरसको महामारीबाट ज्यान गुमाएका नागरिकको सम्झनामा शनिबार देशभरि शोक मनाउने भएको छ ।

कोरोनाभाइरसबाट ज्यान गुमाउने तीन हजार ३२२ जनाको सम्झनामा शोक मनाउन लागिएको हो ।

जसअनुसार स्थानीय समय बिहान १० बजे ३ मिनेटसम्म मौनधारण गर्न भनिएको छ भने गाडी र डुंगाचालकहरूलाई आफ्नो सवारीको हर्न बजाउन आग्रह गरिएको छ ।

वर्षभरि ज्यान गुमाउनेको सम्झना गरिने चिनियाँ पर्व चिङमिङको अवसर पारेर शोक मनाउन लागिएको हो ।

शोकसभाकै क्रममा चीनभित्र र उसका कूटनीतिक नियोगहरूमा चिनियाँ झन्डा आधा झुकाइने छ । (एजेन्सी)