२७ श्रावण २०८२, मंगलबार | Wed Aug 13 2025


बीपी प्रतिष्ठानमा २४ जनाको कोरोना परीक्षण


0
Shares

सुनसरी, चैत २१ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाभाइरस (कोभिड–१९)को परीक्षण सुरु भएसँगै २४ जना बिरामीको स्वाब परीक्षण गरिएको छ ।

प्रतिष्ठानमा कोरोना परीक्षणको प्रयोगशाला सुरु भएसँगै प्रदेश नम्बर–१ का विभिन्न जिल्लाबाट संकलन गरिएको कोरोना संक्रमणको नमुना परीक्षण गरिएको प्रतिष्ठानका सहायक प्रवक्ता डा. अशोक ऐरले जानकारी दिए ।

नमुना परीक्षणबाट २४ जना बिरामीहरुको स्वाब ‘रिपोर्ट नेगेटिभ’ देखिएको उनले जानकारी दिए ।

उनकाअनुसार प्रतिष्ठानमा दैनिक १२ जनाको नमुना परीक्षण गरिने छ ।

परीक्षण गरिएको स्वाबको रिपोर्ट आउन १० देखि १२ घन्टासम्म लाग्ने डा. ऐरले बताए ।