२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


अन्तर्राष्ट्रिय युवा दिवस मनाईंदैः सरकारले ‘युवा प्रतिभा पुरस्कार’ प्रदान गर्दै


0
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रमसहित नेपालमा पनि मनाइँदै छ । नेपालमा सन् २००४ बाट यो दिवस मनाउन थालिएको हो ।

‘युवाका लागि सुरक्षित वातावरण’ भन्ने नाराका साथ यस वर्ष मनाउन लागिएको दिवसमा राष्ट्रिय युवा परिषद्ले विभिन्न कार्यक्रम गर्दैछ ।

यस अवसरमा ‘युवा प्रतिभा पुरस्कार’ पनि प्रदान गरिंदैछ ।

संयुक्त राष्ट्र संघले सन् २००० देखि यो दिवस मनाउन थालेको हो ।

सन् १९९९ मा राष्ट्रसंघले युवाका समस्यालाई सम्बोधन गर्ने उद्देश्य राख्दै हरेक वर्ष १२ अगष्टमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेको थियो ।

सन् २०१० मा विश्व युवा सूचांकमा नेपाल १४५औं स्थानमा रहेकोमा सन् २०१६ मा ७७ औं स्थानमा परेको छ ।