
एजेन्सी, चैत्र २१ । भारतमा कोरोना भाइरसबाट मृत्यु हुने मध्ये १५ जना दिल्लीको निजामुद्दिन क्षेत्रमा भएको धार्मिक कार्यक्रममा सहभागी भएकाहरु रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतमा अहिलेसम्म कोभिड –१९ का कारण ७२ जनाको मृत्यु भैसकेको छ । २ हजार ५६७ जना संक्रमित बनेका छन् । सरकारले २१ दिनसम्म लकडाउनको घोषणा गरेको छ ।
मार्चमा दिल्लीको तबलिगी जमातमा भएको कार्यक्रममा झण्डै चार हजार मानिस सामेल भएको र त्यसमध्ये केहीमा कोरोना भाइरसको संक्रमण भएको इन्डियन एक्सप्रेसले उल्ल्ेख गरेको छ ।
राजधानी दिल्लीमा झण्डै ३०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका मध्ये कम्तिमा १८२ जना तबलिगी जमातसँग जोडिएको पनि जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्