
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम र पाहुना टोली जिम्बावे ‘ए’ बीचको क्रिकेट श्रृंखला आज आइतबारबाट काठमाडौंमा सुरु हुँदैछ । नेपालले जिम्बाबे ‘ए’ सँग पहिला तीन खेलका टी–ट्वान्टी श्रृंखला खेल्नेछ । त्यसपछि तीन वटा एक दिवसिय खेल हुनेछन् ।
पहिलो टी–ट्वान्टी अन्तर्गत आइतबार नेपालले जिम्बावे ‘ए’ विरुद्ध पहिलो खेल खेल्न लागेको छ । यी दुई टोलीबीचको खेल टियु क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ ।
दुवै टोली सिरिजका सुखद सुरुआत गर्ने योजनामा रहेका छन् ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेल्न लागेको हो ।
नेपाल क्रिकेट संघ क्यानले शनिबार खेल तालिका परिवर्तन गर्दै पहिला टी–ट्वान्टी श्रृंखला सकाएर मात्रै एकदिवसीय श्रृंखला सुरु गर्ने निर्णय गरेको हो ।
पुरानो तालिका अनुसार नेपाल र जिम्बावे ‘ए’ बीचको पहिलो एकदिवसीय खेल शनिबारका लागि तय थियो । तर, वर्षाको कारण टस समेत नभई खेल स्थगित गर्नुपर्यो ।
नयाँ तालिका अनुसारको आजदेखि तीन दिनसम्म लगातार तीन वटा टि–ट्वान्टी खेल हुनेछ ।
एकदिवसीय श्रृंखला भने वैशाख २३ देखि २६ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्