२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


जमुनाह नाकामा तीन दिनदेखि अलपत्र परेका १ सय ८१ जना नेपाली क्वारेन्टाइनमा


0
Shares

बाँके । भारतबाट फर्किएका १ सय ८१ जना नेपालीलाई अस्थाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरु जमुनाह नाकामा तीन दिनदेखि अलपत्र थिए ।

भारतीय सीमा नानपारास्थित क्वारेन्टाइनमा राख्न पहल गरिएपनि उनीहरुले त्यहाँ बस्न अस्वीकार गरेपछि दशगजामा निर्माण गरिएको ४५ वटा क्वारेन्टाइनमा राखिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले बताए ।

क्वारेन्टाईनमा बाँके, बर्दिया, दाङका, सल्यान, जुम्ला, सुर्खेतलगायतका रहेका छन् ।