
एजेन्सी । भारतमा कोरोना भाइरसका कारण ५३ जनाको मृत्यु भएको छ । यसमध्ये १५ जना दिल्लीमा भएको एक धार्मिक कार्यक्रममा सहभागी भएका थिए ।
उक्त कार्यक्रममा चार हजार बढी मानिस सहभागी भएका थिए । अहिले संक्रमितहरु मध्ये सबैभन्दा धेरै उक्त कार्यक्रममा सहभागिहरु रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतमा कोरोना संक्रमितको संख्या भने दुई हजार ६९ पुगेको छ । एक सय ५५ जना निको भएर घर फर्किएका छन् ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतमा प्रत्येक दिन नयाँ नयाँ सङ्क्रमितहरु थपिँदै जान लागेकोले भारतले घोषणा गरेको लकडाउनको अवस्थामा थप कडाई गर्नुपर्ने धारणा राखेका छन् ।
पछिल्ला केही दिनमा भारतमा यसरी सङ्क्रमितहरुको संख्या थपिँदै जान लागेपछि बिहीबार बिहान भारतीय गृहसचिव अजय भल्लाले भारतको गृह प्रशासनको आदेशमा जारी लकडाउनको नीतिलाई अझै कडा रुपमा पालना गराउन सबै राज्य सरकारहरुलाई आग्रह गरेका थिए ।
भारतीय प्रधानन्त्री नरेन्द्र मोदीले २१ दिनसम्म सम्पूर्ण देशभरि लकडाउनको घोषणा गरेका थिए ।
भारतमा सबै देशभरमा लकडाउन गरेर सामाजिक दुरी कायम गर्नसक्नु नै यस रोगका विरुद्धमा लड्ने औजार र औषधि रहेको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्