वर्षाले नेपाल र जिम्बावे ए बीचको खेल प्रभावित « Imagekhabar – Online News Portal of Nepal


वर्षाले नेपाल र जिम्बावे ए बीचको खेल प्रभावित


390
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम र पाहुना टोली जिम्बावे ‘ए’ बीचको पहिलो एकदिवसीय वर्षाले प्रभावित गरेको छ ।

टियु क्रिकेट मैदानमा जारी वर्षाको कारण नेपाल र जिम्बावे ‘ए’ बीचको खेलको टस समेत हुन सकेको छैन् ।

काठमाडौं उपत्यकामा शुक्रबार रातिदेखि नै मौसम खराब भएकाले समयमै खेल हुने सम्भावना भने कम रहेको छ । समयमै वर्षा रोकिएमा ओभर घटाएर खेल हुनेछ ।