Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


बर्दियामा स्थानीय तहको निर्वाचनमा पुरानै अनुहार


130
Shares

बर्दिया । स्थानीय तहको निर्वाचनमा बर्दियाका ८ वटै गाउँपालिकामा विभिन्न दलले उम्मेदवारी दर्ता गरेका छन । पाँच वटा पालिकामा पुरानै जनप्रतिनिधिहरुले उम्मेदवारी दिएका छन । गुलरिया, ठाकुरबाबा नगरपालिकाको प्रमुख, राजापुर नगरपालिको उपप्रमुख र बढैयाताल तथा गेरुवा गाउँपालिकाका अध्यक्षहरुले आ–आफ्ना दलहरुबाट पुनः उम्मेदवारी दर्ता गराएका हुन् ।

ठाकुरबाबा नगरपालिकामा नेकपा एमालेबाट पूर्व नगर प्रमुख घननारायण श्रेष्ठले पुनः नगर प्रमुख पदमा उम्मेदवारी दिएका हुन् । गुलरिया नगरपालिकामा नेपाली काँग्रेसबाट नगर प्रमुख मुक्तिनाथ यादवले पुनः नगरप्रमुख पदमा उम्मेदवारी दिएका छन।

राजापुर नगरपालिकामा माओवादी केन्द्रबाट उपप्रमुख मनकला कुमारी चौधरीले पुनः उपप्रमुखमा उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ । बढैयाताल गाउँपालिकामा पूर्वगाउँपालिका प्रमुख नेकपा एमालेका लाल बहादुर श्रेष्ठले पुनः गाउँपालिका प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन । गेरुवा गाउँपालिका अध्यक्ष जमान सिंह केसीले नेपाली काँग्रेसबाट पुन: गेरुवाको अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।

बर्दियामा पाँच दलीय गठबन्धन नजोडिएपछि सत्तासिन दलहरु स्थानीय तहको निर्वाचनमा अलग–अलग होमिएका छन ।