२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


बौद्धमार्गी नेवारहरुको गुँला पर्व सुरु


0
Shares

काठमाडौं । आजबाट बौद्धमार्गी नेवारहरुको गुँला पर्व सुरु भएको छ ।

नेपाल संवत् तिथि अनुसार आजबाट एक महिनासम्म बुद्धको उपासना गरी विभिन्न चैत्य तथा बौद्ध बिहार परिक्रमा गरी नामसंगीति पाठ गरिन्छ ।

विशेषगरी काठमाडौंका नेवार समुदायले प्रत्येक दिन मौलिक बाजा बजाएर स्वयम्भू महाचैत्य परिक्रमा गर्छन् ।

सांगीतिक माहौल बनाएर प्रत्येक दिन बिहान चैत्य तथा गुम्बा, परिक्रमा गर्दा पापबाट मुक्तिपाउने विश्वास अनुसार एकमहिनाभर पर्व मनाएको बताइन्छ ।

यस अवधिमा धा बाजा, म्वायेली, नेकू बाजा लगायतको विशेष महत्व छ ।

गुँला पर्व अवधिको एक महिना मासु, अण्डा, प्याज लगायतका खाद्य बस्तुबाट टाढा बसी दैनिक नुहाएर शुद्ध हुनुपर्ने चलन छ ।

यस अवधिमा काठमाडौंको असनमा बहिद्यः प्रदर्शन गरिने, थँहितीमा अवस्थित स्वर्णाक्षर अवलोकन, ललितपुरमा मत्याःजात्रा, फरक नेवार बस्तीमा पञ्चदान पर्वलगायत दैनिक बज्रयानी बुद्धधर्म अनुसारको पूजाविधि गरिन्छ ।