Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


गभर्नर अधिकारी निलम्बनविरुद्धकोे रिट बिहीबार पनि ‘हेर्दाहेर्दै’मा


130
Shares

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारी निलम्बनविरुद्ध परेको रिट निवेदन बिहीबार पनि ‘हेर्दाहेर्दै’मा रोकिएकोे छ ।

बैशाख ६ गते न्यायाधीश हरि फुर्‍यालको एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा मंगलबारदेखि बहस जारी छ ।

न्यायाधीश सपनाप्रधान मल्ल र टंक मोक्तानको संयुक्त इजालमा सुनुवाइ भएको रिट मंगलबार पनि ‘हेर्दाहेर्दै’मा राखेर बिहीबारका लागि पेशी तोकिएको थियो। मंगलबार निवेदक गभर्नर पक्षका वकिलले बहस गरेका थिए भने बिहीबार विपक्षी सरकार एवं अर्थमन्त्री जनार्दन शर्मा पक्षका वकिलले बहस गरेका छन् ।

बहस अझै नसकिएकाले रिट हेर्दाहेर्दैमा राखिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । अर्को पेशी शुक्रबारका लागि तोकिएको छ ।

Skip This