Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


बैंक अफ काठमाण्डूले कास्कीको बगरमा खोल्यो शाखा


91
Shares

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको पोखरा महानगरपालिका वडा नम्बर १ को बगर स्थित बगर शाखाको उद्घाटन गरिएको छ ।

शाखाको बिहिबार एक समारोहकाबीच नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक डा. रामशरण खरेल तथा बैैंकका संचालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठले संयुक्त रुपमा औपचारिक समुद्घाटन गर्नुभएको हो ।

उक्त कार्यक्रममा बैंकका अध्यक्ष श्रेष्ठले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिनुभयो । साथै उहाँले बैंकले गण्डकी प्रदेशमा अन्य शाखा कार्यालयहरु पनि संचालनमा ल्याउने योजना रहेको जानकारी दिनुभयो ।

त्यसैगरी नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक डा. खरेलले नेपाल राष्ट्र बैंकको उद्देश्य बमोजिम बैंक अफ काठमाण्डूले विभिन्न स्थानहरुमा शाखा कार्यालय संचालन गरि आम जनतालाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको भन्दै बैंकको प्रशंशा गर्नुभयो । उहाँले शाखा कार्यालयले स्थानीयको आवश्यकतालाई ध्यानमा राखि सेवा प्रदान गर्ने विश्वास नेपाल राष्ट्र बैंकले लिएको बताउनुभयो ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।