
भक्तपुर । भक्तपुरको मध्यपुरस्थित निगुपुखू क्षेत्रमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
ब्लड डोनर्स एसोसियन नेपाल, ब्लोडानले घरदैलो रगत संकलन अभियान अन्तर्गत १३ औं चरणमा कार्यक्रम गरि मध्यपुरबाट रगत संकलन गरेको हो ।
भक्तपुर चेम्बर अफ कमर्श र लायन्स क्लब अफ भक्तपुर रियलटेकले समन्वय गरेको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी, भक्तपुरले प्राविधिक सहयोग गरेको थियो ।
नेपाल सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न देशैभर लकडाउन घोषणा गरेको छ ।
लकडाउनको चुनौतीलाई सामना गरेर कार्यक्रम गर्नुको औचित्य विषयमा सोधिएको प्रश्नमा भक्तपुर चेम्बरका अध्यक्ष तथा संयोजक न्हुछेरत्न मानन्धरले सुरक्षित भएर रक्तदान सम्पन्न गरेको दाबी गरे ।
‘अहिले सामाजिक दुरी बनाएर साबुनपानीले नियमित हात धुनु पर्छ । त्यसैले पनि ३र३ फिटको दुरी बनाएर निश्चित समयको लागि रक्तदान गर्यौं’, मानन्धरको भनाइ थियो । पछिल्लो समय रक्तदाता घरघरमै सीमित भएकोले स्वास्थ्य क्षेत्रमा रगतको अभाव चुलिएको छ ।
प्रतिक्रिया दिनुहोस्