२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025


रुखबाट एक्कासि पानीकाे धाराे निस्किंदा सबै चकित


2.925k
Shares

काठमाडाैं । युरोपमा करिब १ सय ५० वर्ष पुरानो एक रुखबाट एक्कासी पानीको धाराे निस्किंदा सबै चकित भएका छन ।

युरोपमा रहेको मोन्टेनेग्रो देशको डिनोसा गाँउमा शहतुत (मलबेरि) नामको रुख पाइन्छ । यो अनौठो रुखबाट पानीको धाराे निस्किंने गरेकाे छ । त्याहाँको यो अद्भुत दृश्य जाडोको अन्त्यमा र वर्षाको समयमा मात्र देखिने गरेकाे छ । जमिनबाट करिब १.५ मिटर उचाइमा रुखकोबीच भागबाट पानीको ठूलो धाराे निस्किंने गरेकाे छ । यो अद्भुत दृश्यलाई साे ठाउँका स्थानीयहरू मध्ये कसैले भगवान र कसैले प्रकृतीको बरदानकाे रुपमा मान्ने गरेका छन ।

युरोन्यूजका अनुसार २० वर्ष अगाडिदेखि साे रुखबाट पहिलो पटक पानी निस्कन सुरु गरेको हो । जुन अहिलेसम्म पनि विशेष मौसममा निस्कने गरेकाे छ । साथै यो रुखबाट पानी एक दुई दिनका लागि मात्रै निस्कने गर्दछ । पछिल्लाे समय यो रुख धेरै चर्चित हुँदै आएको छ । यस रुखबाट निस्केको पानी हेर्नलाई धेरै टाढादेखि पनि मानिस र सञ्चार माध्यम साेही ठाउँमा पुग्ने गरेका छन ।

साेही ठाउँका स्थानीयले बीबीसीसँगको कुराकानीमा भनेका छन, यो रुखको ठिक तल पानीको स्रोत छ । रुखको खाली खोडबाट पानी माथि पुग्ने र त्यो दुर्लभ दृश्य देखिने स्थानीयले बताएका छन । हिउँ पग्लियको वा अत्याधिक वर्षाका कारण जमिनकाे पानीको सतह बढ्ने एक अनुसन्धानले देखाएकाे छ ।

बढ्दो दवावका कारण पानी जराबाट खोक्रो खण्डमा जान्छ र ठाउँ पाएपछि खस्न थाल्ने एक अनुसन्धानले उल्लेख गरेकाे छ ।