२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


‘कोरोना संक्रमित बिरामीका आफन्तहरुमा संक्रमण भेटिएन’


0
Shares

काठमाडौं, चैत १९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमित चारजनाको सम्पर्कमा आएका व्यक्तिहरुमा संक्रमण नदेखिएको जनाएको छ ।

मन्त्रालयले नियमित गर्दै आएको पत्रकार सम्मेलनमा बुधबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दुईजना संक्रमतिका आफन्त तथा नजिकका व्यक्तिहरुमा संक्रमण नदेखिएको र अन्य दुईजनासँग सम्पर्कमा आएका ८४ प्रतिशत व्यक्तिहरुको पनि परीक्षण सकिएको जानकारी दिए ।

हालसम्म एक हजार १३३ जनाको परीक्षण भएको भन्दै उनले पछिल्लो २४ घन्टामा परीक्षण गरिएका ७३ जनामा पनि कोरोनाभाइरस संक्रमण नदेखिएको जानकारी दिए ।

हाल र धरानस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाँचजनाको परीक्षण गरिसकेको तथा सुर्खेत, धनगढी र बुटवलमा बिहीबारदेखि परीक्षण सुरु गराउने जानकारी दिए ।

यस्तै, मन्त्रालयले सुरु गरेको कोरोनाभाइरससम्बन्धी एपमा आफ्नो लक्षण राख्ने दुई हजार ३०० मध्ये १२ जनाको स्वास्थ्य परीक्षण गरिने डा. देवकोटाले जानकारी दिए ।