
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोरलाई हराउँदै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा शिर्ष स्थानमा उक्लिएको छ ।
पुनेमा मंगलबार राति भएको खेलमा राजस्थानले बैंगलोरलाई २९ रनले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ ।
राजस्थानले दिएको १४५ रनको लक्ष्य पछ्याएको बैंगलोर १९ ओभर ३ बलमा ११५ रनमा समेटियो । बैंगलोरका कप्तान फाप डु प्लेसिसले सर्वाधिक २३ रन बनाए । वानिन्दु हसरंगाले १८ रनको योगदान गरे ।
राजस्थानका कुलदिप सेनले ४ विकेट लिँदा रविचन्द्र आश्विनले ३ तथा प्रसिद्ध किसनले २ विकेट झारे ।
त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन जोडेको थियो । यस्तै कप्तान सन्जु सामसनले २७ तथा रविचन्द्र आश्विनले १७ रन जोडे ।
बैंगलोरका मोहमद सिराज, जोश हाजलउड र वानिन्दु हसरंगाले २/२ विकेट लिए ।
आईपिएल क्रिकेटको जारी सिजनमा राजस्थानको यो छैटौं जित हो । जितसँगै राजस्थानले ८ खेलबाट १२ अंक जोडेको छ । ७ खेलबाट १२ अंक जोडेको गुजरात टाइटान्स दोस्रो स्थानमा झरेको छ । बैंगलोर ९ खेलबाट १० अंक जोडेर पाँचौ स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्