
धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिकाका मेयर वृष बहादुर राईले नेकपा एमाले परित्याग गर्नु भएको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट विजयी हुनु भएका राईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्नु हुँदै दुःख लागे पनि आफूले भने पार्टी त्यागेको बताउनुभयो ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा राईको नेतृत्वमा सबै वडा अध्यक्षसहित सम्पूर्ण सदस्य एमालेबाट पाख्रिवासमा विजयी भएका थिए ।
प्रतिक्रिया दिनुहोस्