२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


कोरोना संक्रमितको उपचार गर्न देशभर ८५ ओटा अस्पताल तोकिए


0
Shares

काठमाडौं, चैत १९ । सरकारले कोरोनाभाइरस संक्रमणका बिरामीको उपचार गर्न देशभर ८५ ओटा अस्पताललाई तोकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्र र प्रदेशस्तरका सबै अस्पताल तथा ६० ओटा जिल्ला अस्पताललाई उपचारका लागि तोकेको हो ।

काठमाडौंमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल, सैनिक अस्पताल, वीर अस्पताल र आयुर्वेद रिसर्च सेन्टरलाई विशेष अस्पतालको रुपमा तोकिएको छ ।

यस्तै, प्रदेश नम्बर–१ मा मेची र उदयपुर अस्पताल तथा १३ ओटा जिल्ला अस्पताल, प्रदेश नम्बर–२ मा जनकपुर र बारा अस्पताल तथा पाँचओटा जिल्ला अस्पताल, वाग्मती प्रदेशमा भक्तपुर र सिन्धुली अस्पताल तथा १० ओटा जिल्ला अस्पताल र गण्डकी प्रदेशमा धौलागिरि र गोरखा अस्पताल तथा १० ओटा जिल्ला अस्पताल रहेका छन् ।

यस्तै प्रदेश नम्बर–५ मा लुम्बिनी र तमघास अस्पताल तथा ९ ओटा जिल्ला अस्पताल, कर्णाली प्रदेशमा सुर्खेत र दैलेख अस्पताल तथा ८ ओटा जिल्ला अस्पाताल र सुदूरपश्चिम प्रदेशमा सेती र महाकाली अस्पताल तथा ८ ओटा जिल्ला अस्पताल तोकिएको छ ।

यस्तै, मन्त्रालयले केन्द्र, प्रदेश र जिल्लाका २० ओटा मेडिकल कलेजहरुको नाम पनि सूचीमा राखेको छ ।