काठमाडौं, चैत १९ । राष्ट्रिय जनमोर्चाले भारतीय सीमामा अलपत्र रहेका नेपालीलाई ‘क्वारेन्टाइन’मा राख्ने प्रबन्ध भारत सरकारले नै गर्नुपर्नेमा जोड दिएको छ ।
मोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधबार विज्ञप्ति जारी गरी सीमामा ठूलो संख्यामा भारतका विभिन्न स्थानबाट आएका नेपालीको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै विश्व स्वास्थ्य संगठन व्यवस्थाअनुसार कोरोनाभाइरसको रोकथामका लागि विदेशी नागरिकलाई सम्बन्धित देशले नै व्यवस्था गर्नुपर्ने स्मरण गराएका हुन् ।
‘भारतमात्र होइन, संसारका सबै देशमा भएका नेपालीको समुचित व्यवस्था भएको छ कि छैन ? त्यसबारे आवश्यक ध्यान दिनका लागि हामीले सरकारसित अनुरोध गर्दछौं’–अध्यक्ष केसीको विज्ञप्तिमा भनिएको छ–‘भारतीय सीमाहरुमा रोकिएर बसेका नेपालीको समुचित व्यवस्था र समस्या समाधानका लागि पनि आवश्यक ध्यान दिन हामी सरकारसँग अनुरोध गर्दछौं ।’ रासस









प्रतिक्रिया दिनुहोस्