३० असार २०८२, सोमबार | Mon Jul 14 2025


भारतीय श्रमिकको पीडा (भिडियो)


13
Shares

नवीन शर्मा र राममान डंगोल (इमेज)

काठमाडौं, चैत १९ । कोरोना संक्रमणको जोखिमका कारण देशैभर ‘लकडाउन’ भएपछि काठमाडौंमा विभिन्न पेसामा संलग्न रहँदै आएका भारतीय श्रमिकहरु अलपत्र परेका छन् ।

नेपाल घुम्न आएका पर्यटकहरु उद्धार गरी धमाधम फर्काइँदै छ भने भारतबाट आएका श्रमिकहरु भने घर फर्कन नपाउँदा पीडामा छन् ।

काठमाडौंमा ठूलो संख्यामा भारतीय कामदारहरु विभिन्न काममा संलग्न रहेका छन् । घर निर्माण, तरकारी, फलफूल बेचबिखनलगायतका काममा उनीहरु संलग्न छन् ।

तर, अहिलेको अवस्थामा भने उनीहरु कामविहीन बनेका छन् । जसका कारण दैनिक गुजारा चलाउन उनीहरुलाई समस्या परेको छ ।

दुवै देशमा लकडाउन भएका कारण पनि घर जान सम्भव छैन ।

केही श्रमिकहरु आफ्नो पीडा सहन नसक्ने अवस्थामा समेत पुगेको बताउँछन् ।

दैनिक काम गरेर आफू र परिवार पाल्नुपर्ने बाध्यतामा रहेका श्रमिकहरु लकडाउनको पालना गर्नुपरे पनि जीवन धान्नै नसक्ने अवस्थामा पुगेको बताउँछन् ।

भारतीय श्रमिकहरुले आफूहरुलाई घर फर्कने वातावरण मिलाइदिन नेपाल सरकारसँग माग गरेका छन् ।

नेपाल र भारतमा जारी लकडाउनका कारण सीमामा अलपत्र परेका दुवै मुलुकका नागरिकहरुको व्यवस्थापन भइरहेको छ ।

कति सीमावर्ती क्षेत्रमा रहेका ‘क्वारेन्टाइन’मा बसेका छन् भने कति आ–आफ्नो घर पुगेर क्वारेन्टाइनमा राखिएको पनि छ ।

तर, काठमाडौंमा दैनिक श्रम गरी गुजारा चलाइरहेका भारतीय श्रमिकहरुको अवस्था भने दिनानुदिन जटिल बनेको छ । यसतर्फ दुवै मुलुकले बेलैमा ध्यान दिनु आवश्यक छ ।

भिडियो हेर्नुहोस्