Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


एमालेकी कान्छी उम्मेदवार वडा सदस्यमा भिड्दै


4.2k
Shares

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ की स्वेताकुमारी हरिजनले २१ वर्षको उमेरमै वडा सदस्यमा उम्मेदवारी दिनुभएको छ ।

उहाँले सानै उमेरदेखि राजनीतिप्रति चासो राख्दै आउनुभएकाे हाे । उहाँले सोमबार नेकपा एमालेबाट सो वडाको वडा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो । स्वेताले दलित महिला सदस्यको रुपमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

रुपन्देहीका १६ वटा पालिकामा करिब २४ सय जनाले मनोनयन दर्ता गराएकोमा उहाँ नै सबै भन्दा कान्छी उम्मेदवार हुनुहुन्छ। ‘म आफैं पनि पिछडिएको समुदायकी युवती भएकाले यो समुदायका लागि केही गर्न सक्छु’ भन्ने लागेर उम्मेदवारी दिएको स्वेताले बताउनुभयो ।

युवाहरुको जोश र जाँगरले मात्रै विकासमा गतिशिलता आउने भन्दै स्थानीय तहमा युवाहरु नै जनप्रतिनिधिको रुपमा आउनुपर्ने आफ्नो मान्यता रहेको उहाँकाे तर्क छ । स्वेता हाल स्नातक तहमा अध्ययनरत हुनुहुन्छ ।

सिद्धार्थनगर–६ मा एमालेबाट वडाध्यक्षमा रामदयाल गुप्ता, वडा सदस्यमा अनिता क्षेत्री, रामप्रसाद श्रेष्ठ, मोहम्मद अकिल मुसलमान र स्वेताकुमारी हरिजनले उम्मेदवारी दर्ता गराएका छन् ।