२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


वीरेन्द्र सैनिक अस्पतालमा ‘हाई केयर’ सघन उपचारकक्ष निर्माण सुरु


0
Shares

काठमाडौं, चैत १९ । नेपाली सेनाले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि २० बेडको ‘हाई केयर’ सघन उपचारकक्ष निर्माण सुरु गरेको छ ।

सरकारले उपलब्ध गराएको १० करोड र बाँकी सेनाको आफ्नै खर्चमा सघन उपचारकक्ष निर्माण सुरु गरेको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डले जानकारी दिए ।

अस्पतालमा १०० शय्यासम्मको ‘आइसोलेसन’कक्ष विस्तार भइरहेको छ ।

यसअघि, सेनाले संक्रमितहरुको उपचारका लागि १० शय्याको आइसोलसनकक्ष निर्माण गरेको थियो ।

महासेनानी डा. श्रीजन पाण्डेले कोरोना संक्रमितको उपचारको सबै पूर्वाधार तयारी अवस्थामा रहेको बताए ।

अस्पतालमा कोरोना परीक्षणका लागि ल्याबको सबै तयारी पूरा भएको छ ।

कोरोना संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेसनकक्षमा राखेर थप उपचार गरिने व्यवस्था मिलाइएको सेनाले जनाएको छ ।